लकडाउन बढाउन उच्चस्तरीय समितिको सिफारिस

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७७
AKY-Rajbiraj-CoronaLockdowna

राजविराज, ११ चैत ः सरकारले कोरोना भाइरस (कोभिड–१९) सङक्रमणको जोखिम बढेपछि एक साताका लागि …लकडाउन’ गरेपछि मङगलबार सप्तरी, राजविराजको मुख्य बजार पुरै बन्द देखिएको छ । सरकारले गरेको निर्णयबाट सप्तरीमा पनि प्रभाव परको छ भने बजार सुनसान देखिएको छ । तस्वीरः अरुणकुमार यादव

नेपालमा जारी लकडाउन यथावत राख्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिले सरकारसँग सिफारिस गरेको छ । आइतबार बसेको बैठकले लकडाउन बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना रोक्न लकडाउन नै उपयुक्त माध्यम भएको समितिको ठहर छ ।

संक्रमित बढ्दै गएको भन्दै क्वारेन्टाइन र आइसोलेसन थप गर्नुपर्ने निर्णय पनि समितिले गरेको हो । यस्तै, शान्तिसुरक्षा प्रभावकारी पार्न र आपूर्ति व्यवस्था सहज गर्न पनि निर्णय गरिएको छ ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे थप निर्णय गर्नेछ । सरकारले लागू गरेको लकडाउन जेठ ५ मंगलबारदेखि सकिँदै छ ।
नेपालमा गत चैत ११ देखि लकडाउन जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width