समाजसेवी आचार्य रहेनन्

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७७
Ghanshyam Acharya

पोखरा, २६ वैशाख । पोखरा–११ काहूँ निवासी समाजसेवी घनश्याम आचार्यको ८४ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको छ । काँहूमा खानेपानी, विकास निर्माण, काँहू देउराली सहकारी संस्थाको स्थापना,रविवाली लगायतका क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको थियो ।

वि.स. २०१६ सालमा काँहूबाट एसएलसी परीक्षा उत्तीर्ण गर्ने पहिलो व्यक्तिका रुपमा परिचित आचार्यले शिक्षण पेशाबाट आफ्नो सेवा प्रारम्भ गरेका थिए । कालिका माविको शिक्षक रहेका उनी वि.स. २०२३ बाट निजामती सेवामा प्रवेशगरी मालपोत कार्यालयमा कार्यरत रही निवृत्त भएका थिए । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि नेपाली काँग्रेस काँहू गाउँ एकाई समिति गठनगरी दुई कार्यकाल सभापतिको कार्यभार सम्हालेका घनश्याम आचार्य शालीन, सरल र उदार व्यक्तित्वको रुपमा परिचित थिए । उनका श्रीमती, तीन छोरा, पाँच छोरी र नातिनातिना रहेका छन् ।

शवयात्रा अघि स्वर्गीय आचार्यको शवमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी र गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको अन्त्यष्टि सेती नदीमा गरिएको छ । यसैबीच नेपाली काँग्रेस कास्की क्षेत्र नं २ र वडा एकाई समिति पोखरा–११ ले शोक विज्ञप्ति जारी गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width