नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि

एजेन्सी
वैशाख २१, २०७७
corona virus

काठमाडौं, २१ वैशाख । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

आइतबार नै वीरगञ्जमा एक जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

हालसम्म १६ जना निको भएर घर फर्किएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width