खानेपानीको पैसा मोबाइलबाटै

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७७
nwsc ph

पोखरा, २१ वैशाख । नेपाल खानेपानी संस्थानले उपभोक्तालाई मोबाइलबाटै पैसा तिर्ने व्यवस्था मिलाएको छ । संस्थानले देशभरका २४ शाखामध्ये ठूलो शाखा पोखरा शाखाका उपभोक्तालाई अनलाइन एपमार्फत् पैसा तिर्ने व्यवस्था गरेको हो ।

पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशिष कार्कीले पोखरेली उपभोक्ताको हितमा संस्थानले यो सेवा सुरु गरेको प्रतिक्रिया दिए । उनले पानीको नियमित महशुल तिर्न लाइन बस्ने समस्या समाधान गरिएको बताए । गत फागुनदेखि अनलाइन बिलिङ प्रणाली सुरुआत गरेको संस्थानले लकडाउनको समयमा घरमै बसेर पैसा तिर्ने व्यवस्था गरेको हो ।

पोखरा शाखासँगै विन्ध्यवासिनी र हेमजाशाखाबाट समेत इसेवा, प्रभु टेक्नोलोजी र खल्ती पेमेन्टमार्फत् रकम तिर्न सकिने कार्यालय प्रमुख कार्कीले बताए । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनलाई कार्यान्यवयन गर्दै संस्थानले उपभोक्तालाई सहज बनाएको कार्कीको भनाई छ । पोखरा, हेमजा र विन्ध्यवासिनीसहित करिव ४५ हजार धाराका उपभोक्ताले सहजरुपमा नियमित पानी महशुल तिर्न सहज भएको नेपाल खानेपानी संस्थान हेमजाका शाखा प्रमुख दिनेश्वरप्रसाद यादवले जानकारी दिए ।

संस्थान पोखरा शाखाले कुनै समस्या आएमा कार्यालयमा टेलिफोन गर्न उपभोक्तालाई अनुरोध गरेको छ । प्लाज्मा टेक्नोलोजिस्ट काठमाडौंले अनलाइन पेमेन्ट सेवा प्रदान गरेको हो । प्लाज्मा टेकका अध्यक्ष निर्मल सेढाईँले सिंगो संस्थानलाई एउटै सफ्टवेयरमार्फत् सेवा दिँदै लगिने बताए । उपभोक्तालाई सहज पेमेन्ट गर्न सकिने व्यवस्था गर्ने केन्द्रीय नीति अनुरुप कम्पनीले सबै शाखामा सेवा विस्तार गरिँदै लैजाने योजना रहेको सेढाँईले सुनाए । संस्थान प्रधान कार्यालयले प्रभु टेक्नोलोजी प्रालि, इसेवा र खल्ती पेमेन्टसँग सम्झौता गरिसकेको छ ।

इसेवा एप डाउनलोडगरी व्यक्तिगत आइडीमार्फत् खानेपानीको धारा देखिएको चिह्नमा खानेपानी संस्थान पोखरा पार्दी र खानेपानी संस्थान पोखरा विन्ध्यवासिनी र खानेपानी संस्थान हेमजामा आफ्नो ग्राहाक संख्या भरेर पैसा तिर्न सकिने छ । एपमा कति रकम तिर्नुपर्ने, जरिवाना कति लागेको छ, छुट रकमसहित देखाउँछ । तिर्नुपर्ने रकम बैंक खाताबाट भुक्तानी गर्न सकिने छ । संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले सिंगो संस्थानका उपभोक्ताले असार मसान्तसम्ममा इसेवा, खल्ती, प्रभु टेक्नोलोजी, एनआइसी एसिया बैंक र स्प्यारो इपेमेन्टमार्फत् पानीको महशुल तिर्ने व्यवस्था गरिसकिने बताए ।

संस्थानको कार्यक्षेत्र पोखरा, बुटवल, भद्रपुर, विराटनगर, धरान, राजविराज, लाहान, जनकपुर, जलेश्वर, गौशाला, मलंगवा, गौर, कलैया, बनेपा, विरगञ्ज, भैरहवा, तौलिहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायत शाखाका उपभोक्तालाई सेवा दिन लागेको नेपाल खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width