निर्णायक ठानिएको नेकपा सचिवालय बैठक शुरु

रासस
वैशाख २०, २०७७
Breaking News

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ।

पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्नेनगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

बैठकमा सचिवालयका सबै सदस्य उपस्थित भएकाे जनाइएकाे छ ।

फाेटाेः राजेश राई/ Twitter

फाेटाेः राजेश राई/ Twitter

अपडेटः

आजकाे बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे कुर्सीसँगै रहेको छ । पहिलेका बैठकहरुमा प्रचण्डकाे कुर्सी अरू नेताहरुसँगै राखिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width