उत्तर कोरियाका सर्वोच्च नेता किम २० दिन पछि सार्वजनिक

रासस
वैशाख २०, २०७७
North Korea Kim

२० वैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उहाँ सार्वजनिक हुनुभएको हो ।

दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाका अनुसार उहाँ यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक हुनुभएको थिएन । सरकारी सञ्चार माध्यमले उहाँ दक्षिणी प्योङयाङ प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएर सार्वजनिक हुनुभएको हो।

समाचार संस्थाका अनुसार शनिबार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काट्नु भएको तस्बिर सार्वजनिक गरिएको छ । कार्यक्रममा किमसँगै उहाँकी बहिनी किम यो जङ पनि देखिनु भएको छ । उहाँ सार्वजनिक नभएको बेला दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी हुनुभएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए । उहाँका आफ्ना हजुरबुवाको जन्मजयन्ती समरोहमा उहाँको अनुपस्थितिलाई आधार मनेर उहाँलाई अस्वस्थ भएको दाबी गरिएको थियो ।

उत्तर कोरियाली पात्रोमा उहाँका हजुरबुवा किम इल सङको जन्मजयन्ती समारोह ठूला कार्यक्रममध्ये एक मानिन्छ । त्यस दिन उहाँ अघिल्ला बर्ष आफ्ना हजुरबुवाको चिहानस्थल जाने गर्नुहुन्थ्यो । यस पटक भने अनुपस्थित भएकाले उहाँको स्वास्थ्य अवस्थाबारे विश्वभवरी नै अड्कलबाजी र अनेक हल्ल चलेको थियो ।

उहाँको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाउनु भएको थियो । उहाँले किम आफ्नो अति अनत्य मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिनुभएको थियो । अहिले किम पुनः सार्वजनिक रूपमा देखिएको बारेमा भने ट्रम्पले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिनु भएको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यमले किम अहिले सार्वजनिक रूपमा देखिएको भन्दै दिएको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने अन्य आधार नभएकाले कतिपयले अझै पनि अविश्वास गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width