Worldlink ads

छैटाैं रिपाेर्ट नेगेटिभपछि बागलुङकी युवती काेराेनामुक्त

विजय नेपाल
वैशाख १२, २०७७
dt_200130_coronavirus_test_tube_800x450

पोखरा, १२ वैशाख । कोरोना संक्रमणपछि उपचाररत बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीकाे छैटाैं रिपोर्ट नेगेटिभ आएको छ । उनकाे लगातार दुई रिपाेर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज तयारी गरिएकाे धाैलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पाेखरेलले जानकारी दिए।

उनले भने, रिपाेर्ट नेगेटिभ पछि उनकाे पनि आजै घर फर्किने चाहना छ, केहिबेरमा डिस्चार्ज तयारी गरिएको छ। बुधबार र बिहिबारकाे स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको हो ।

उनको लगातार चौंथो पटकसम्म पोजिटिभ देखिएको थियो । उनी राजधानी बाहिर काेराेना संक्रमित हुनेमध्ये पहिलाे व्यक्ति हुन्। उनी चैत १४ देखि धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचाररत थिइन्।

उनीसँगै उपचाररत ६५ वर्षीया बृद्धाको यसअघि नै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भैसकेकी छिन् । लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना नभएको पुष्टि हुने जिल्ला स्वास्थ्य अधिकृत सुरज गुराैले जनाए।

उनीहरु दुवैजना चैत ४ गते कतार एयरवेजमार्फत बेल्जियमबाट नेपाल आएका थिए । गण्डकीमा हालसम्मकाे पिसिआर टेष्टमा ५ सय ६४ मध्ये ५ सय ४० जनाकाे नेगेटिभ अाएकाे छ। २ जनाकाे पाेजेटिभ आएकाेमा २२ जनाकाे बाँकी रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • घट्यो कोरोना संक्रमण

      रासस असाेज १०, २०७८
      काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो…
    • देशभर एक हजार २३९ सङ्क्रमित

      रासस असाेज ७, २०७८
      काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज…
    • १,५५८ सङ्क्रमित थपिए, १,३५१ सङ्क्रमण मुक्त

      रासस असाेज १, २०७८
      काठमाडौं । विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक…
    • २४ घण्टामा १५११ सङ्क्रमित थपिए

      रासस भाद्र ३१, २०७८
      काठमाडौं । आज एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको…
    • १,७६० सङ्क्रमित थपिए, १,२२० सङ्क्रमण मुक्त

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads