पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा महानगरपालिका विपत व्यवस्थापन कोषमा पोखरा १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले ५ लाख सहयोग गरेको छ।
शनिवार समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको टोलीले ५ लाखको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले सहयोग सानो÷ठूलो नहुने भन्दै गुप्तेश्वर महादेव गुफाले गरेको सहयोग सह्रानीय रहेको बताए । महानगरले करिब २५ हजार परिवारलाई राहत वितरण गरिसकेको बताउँदै राहत वितरणमा भएका कमी कमजोरीको बारेमा मसिनो गरी अध्ययन अनुसन्धान गरिएको बताए।
समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाको आम्दानीबाट नै महानगरलाई सहयोग गरेको बताउँदै दुई शिक्षण संस्था पनि त्यसैको आम्दानीबाट सञ्चालन भइरहेको बताए । गुफा अवलोकन बन्द हुँदा आम्दानी घटेको उनको भनाइ छ । कोरोना संक्रमण जोखिमबाट उत्पन्न विपदको समयमा महानगरलाई सहयोग गर्न पाउँदा खुसी लागेको वरिष्ठ उपाध्यक्ष गोपाल बरालले बताए।
समितिका सचिव हरि लम्सालले लकडाउनका कारण समस्यामा परेका पीडितले राहत पाउने वातावरण मिलाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने बताउँदै सतही भन्दा पनि अध्ययन र अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे।
यसैगरी छोरेपाटनकै डेभिजफल क्लबले पनि महानगरको राहत कोषमा १ लाख सहयोग गरेको छ । क्लबका अध्यक्ष खेमराज बराल ‘पुष्प’ र उपाध्यक्षले कमलकुमार भुजेलले महानगर प्र्रमुख जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । क्लबका अध्यक्ष वरालले राहत वितरण गर्दा वास्तविक पिडितलाई दिने वातावरण सबैले मिलाउनुपर्ने बताए।
क्लबका उपाध्यक्ष कमलकुमार भुजेलले समस्यामा परेकालाई महानगरले राहत वितरण गर्नु राम्रो कार्य भएको भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताए।
Related News
सम्बन्धित समाचार
पोखराका मेयर भन्छन् : आफ्नो जग्गा नहुँदा महानगर नै सुकुम्वासीजस्तो भएको छ
मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८