महामारीमा कहीँ कतै पूर्व तयारी हुँदैन । यो त आकस्मिक हुन्छ । यसरी नै आयो कोरोना महामारी । चीनको वुहान प्रान्तबाट सुरु भएको यसको संक्रमण नेपालमा आइपुग्ला भनेर कल्पनासम्म गरिएको थिएन । अन्तत हाम्रो मुलुक पनि त्यसबाट अछुतो रहेन । पहिलो चरणको महामारीभन्दा अहिले दोस्रो चरणको महामारी झनै डरलाग्दो छ ।
यसले धेरैको ज्यान लिइसकेको छ । जतिबेला चीनतिर यसले भयानक रुप लिएको थियो, त्यतिबेला कोरोना परीक्षण गर्ने पद्धति नेपालमा थिएन । चीनबाट आएका एक शंकास्पद व्यक्तिको स्वाब संकलन गरी सिंगापुर पठाउनु परेको थियो । तर समयले सिकायो । टेकु अस्पतालमा सबैभन्दा पहिला यसको सुरुआत गरियो । जुन लहर नेपालभर फैलियो । अहिले पिसिआर परीक्षण नहुने कुनै प्रदेश नै छैनन् । गण्डकीको अवस्था हेर्ने हो भने सरकारीस्तरमै ४ वटा ल्याब सञ्चालनमा आइसकेका छन् । निजीस्तरबाट पनि पिसिआर परीक्षण हुन थालेको छ । तनहुँको व्यास नगरपालिकाले पनि पिसिआर जडानको तयारी थालेको छ ।
पिसिआर मेसिन जडानमात्र ठूलो कुरा होइन । यो अवधिमा प्रदेशका २ बाहेक सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ । पोखरामै रहेका २ ठूला उद्योगबाट पनि अक्सिजन उत्पादन भइरहेको छ । जसका कारण गण्डकीका बिरामीले अक्सिजनको अभाव भोग्नु परेको छैन । बरु यहाँबाट अरु प्रदेशमा अक्सिजन पठाइएको छ । जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा पनि थप हुँदै गएको छ । ३ तहकै सरकारले स्वास्थ्यमा विशेष चासो दिएका काम गरिहेका छन् । अहिले कति पालिकाहरुले त खोप खरिदका लागि सरकारसँग अनुमति पनि मागिसकेका छन् । संघ सरकारले नै गर्नु पर्ने काममा पालिकाहरु अघि सर्नु कति उचित हो होइन भन्नेबारे पछि समीक्षा होला । कम्तीमा उनीहरुले त्यो आँट त गरे नि ।
गण्डकी प्रदेश सरकारले संघ सरकारसमेतको सहयोगमा पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ । यसलाई सरकारको राम्रो उपलब्धि मान्नुपर्छ । अहिले त त्यहाँ आइसियुका शड्ढयासमेत राखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्को भवन शिलान्यास पनि गरिसकेका छन् । प्रदेशको प्रयोगशाला पनि त्यहीँ बन्दै छ । प्रदेशको आफ्नै व्यवस्थित प्रयोगशाला नभएका बेला यो कदम सकारात्मक हो । यी सबै गतिविधि हेर्दा महसुस भएको छ कि आवश्यकता प¥यो भने बजेटको अभाव हुँदोरहनेछ । चाहिने त इच्छाशक्ति रहेछ । तर बनाउने भने सबैखालका संरचनाहरु सबैतिर बनाउन आवश्यक भने पर्दैन । जस्तै अहिले अक्सिजन प्लान्टको फेसन चलेको छ । सिलिन्डर पर्याप्त भए पनि ठूला सहरमा भएका उद्योगहरुलाई नै परिचालन गरेर आवश्यकता पूर्ति गर्न सकिन्छ । यस्ता विषयमा सरकार र निजी क्षेत्रको ध्यान जान जरुरी छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१