पोखरा । र्यापीड परीक्षणका क्रममा बागलुङमा एक महिलामा कोरोना संक्रमण पोजिटिभको शंका देखिएको छ । आइतबार गरिएको नमुना परीक्षणमा ६५ बर्षिया महिलाको रिपोर्ट शंकास्पद आएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
‘आरडिटीबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएको छ । यो विश्वासिलो मेसिन नै हो,’ उनले भने, ‘यसको पुष्टि गर्न पिसिआर मेसिनमा टेष्ट गर्नैपर्छ । स्वाब लिईएको छ । भोलि दिउँसोसम्म रिपोर्ट आउला । तर यही रिपोर्ट नेगेटिभ आउन पनि सक्छ ।’
आरडिटी बाट गरिएको परीक्षणबाट पुष्टी गर्न भने मिल्दैन । पोजिटिभ देखियो भने पुष्टीका लागि ल्यावमा पठाउनुपर्छ । ‘पिसिआर प्रविधिबाट परीक्षण गरेपछि मात्रै संक्रमण भएनभएको भन्ने कुराको पुष्टि हुन्छ,’ शर्माले भने । श्रोतका अनुसार ति महिला केही समयअघि भारतको तीर्थयात्रा गरेर फर्किएकी थिईन् । उनी सहित गएका परिवारभित्रैका अन्य ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीर्थ यात्रामा १२ जनाको टोली गएको बताईएको छ । अरुको पनि परीक्षण भैरहेको छ ।
गण्डकीमा हालसम्म १ हजार ३सय ८२ जनाको र्यापीड टेष्ट गरिएको छ । सबैभन्दा धेरै बागलुङमा ६ सय ७५ जनाको टेष्ट गरिएको छ भने पर्वतमा २ सय ३९, स्याङजामा २ सय ९, लमजुङमा ६६, नवलपुरमा ६२, म्याग्दीमा ५२, तनहूँमा ३३, गोरखामा २०, कास्कीमा १९ र मुस्ताङमा ७ जनाको परीक्षण गरिसकिएको निर्देशनालयले जनाएको छ । मनाङमा हालसम्म परीक्षण भएको छैन ।
नियमित तर्फ चाहीँ ३ सय ६५ परीक्षण भैसकेको छ । त्यसमध्ये ३ सय ९ नेगेटिभ नतिजा आएको छ भने २ पोजिटिभ तथा ५४ वटाको नतिजा आउन बाँकी छ । कोरोना पोजिटिभ देखिएका २ जनाको बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१