पोखरा, ३० चैत । गण्डकी प्रदेशमा र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) दू्रतगतिमा अघि बढेको छ । आगामी १० वैशाखसम्म सो प्रकारको टेष्ट सक्ने लक्ष्य लिइएकोमा ५ बैशाखभित्रै सबै करिब ४ हजार जनाको टेष्ट भैसक्ने दाबी गरिएको छ । परीक्षण सुरु भएको ३ दिन अवधिमा ७ सय ५१ जनाको टेष्ट भैसकेकोमा सबैको नतिजा नेगेटिभ आएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने–गण्डकी प्रदेशमा हामीहरुले योजनाभन्दा अघि नै काम सक्ने लक्ष्य लिएका छौं । ५ बैशाखभित्रै सबैजनाको टेष्ट भैसक्छ । ल्याबका कर्मचारीहरु दिनरात नभनी लगातार खटिनुभएको छ ।कोरोना भाइरसको उच्च जोखिम रहेको गण्डकी प्रदेशको बागलुङमा मात्रै हालसम्म ५ सय ८० जनाको टेष्ट सकिएको छ । अघिल्लो दिन आइतबार साँझसम्म बागलुङमा ४ सय ६९ जनाको टेष्ट भएको थियो । जिल्लाका ४ नगरपालिका सहित कुल १० वटै पालिकामा होम क्वारेन्टाइनमा रहेकाहरुसहित कोरोना भाइरस संक्रमण देखिएकाहरुको सम्पर्कमा आएकाको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौंले जानकारी दिए । मंगलबारसम्म कुल ९ सय जना जतिको ¥यापिड टेष्टको आधारमा परीक्षण सकिने उनले बताए ।
यता, प्रदेशकै कास्की, गोरखा, स्याङ्जा र म्याग्दीमा पनि सोप्रकारको टेष्ट सुरु भएको छ । कास्कीको रुपा र मादी गाउँपालिकामा गरी १९ जना, गोरखामा २ जना, स्याङ्जामा १ सय १९ जना र म्याग्दीमा ३३ जनाको टेष्ट भैसकेको छ । स्याङ्जाको भीरकोट नगरपालिका सहित बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा सो सुविधा छ । गाउँ गाउँमा ल्याबका कर्मचारीलाई तालिम दिई खटाइएको छ ।
गण्डकीमा हालसम्म ३ सय ४६ जनाको कोरोना परीक्षणको लागि नमुना संकलन गरिएकोमा २ जना संक्रमित र ३ सय ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । गण्डकी प्रदेशभर ४ हजार १ सय ४६ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) का आधारमा गरिने लक्ष्य छ । प्रदेशमा चैत यता कुल ४ हजार ५ सय ४३ जना मानिस विदेशबाट फर्किएको तथ्यांक संकलन गरिएको छ । त्यसमा सबैभन्दा बढी बागलुङमा आएका ८ सय ३६ जना छन् । बागलुङपति धेरै जना विदेशबाट फर्किने जिल्लामा स्याङजा हो । स्याङ्जामा ५ सय ८१ र नवलपुरमा ५ सय ६० जना आएका छन् । कास्कीमा ३ सय ८९ जना आएको तथ्यांक छ ।
Related News
सम्बन्धित समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१