नवलपरासी, ३० चैत्र । पूर्वी नवलपरासीमा विदेशबाट आएका सबैको र्यापिड टेष्ट गरिने भएको छ ।विदेशबाट आउने व्यक्तिहरुमा कोरोना भाइरस भएनभएको परीक्षण गर्न प्रयोग गरिने र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) कीट नवलपुरमा आइपुगेको छ । नवलपुरमा ४ सय ९२ थान किट आइपुगेका र सबै स्थानीय तहलाई वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
नवलपुर जिल्लामा विदेशबाट आएका १५ दिन नाघेका र २१ दिन नपुगेका सबैको टेष्ट गरिने चापागाईले बताए । नवलपुरमा पछिल्लो तथ्यांक अनुसार ८ सय ६० जना विदेशबाट आएको तथ्यांक छ । ती मध्ये १५ दिन कटेको २१ दिन नपुगेको ४ सयको हाराहारीमा भएको र ती सबैको र्यापिड टेष्ट गरिने उनले बताए। गैडाकोटबाट र्यापिड टेष्ट शुरु भईसकेको छ । नवलपुरका सबै स्थानीय तहमा स्थानीय तहका स्वास्थ्य प्रमुखको जिम्मामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) कीट जिम्मा लगाइएको चापागाईले बताए ।नवलपुरको पछिल्लो तथ्यांक अनुसार नवलपुरमा गैडाकोटमा ८३, देवचुली नगरपालिकामा १ सय २७, कावासोती नगरपालिकामा २ सय ३१, मध्यविन्दु नगरपालिकामा १ सय १७, विनयी त्रिवेणी गाउँपालिकामा ८१, हुप्सेकोटमा ७२, बुलिङटारमा १ सय ३० जना र बौदीकाली गाउँपालिकामा ५९ जना विदेशबाट आएको तथ्यांक रहेको छ ।
नवलपुरमा विदेशबाट आएका ८ सय ६० जना मध्ये ८२ जना मात्र क्वारेन्टाइनमा बसेका छन् भने अरु सबै घरमा नै बसेका छन् । क्वारेन्टाइनमा बसेका ८२ मध्ये ६६ जना घर फर्किइ सकेका छन् । नवलपुरमा शंकास्पद २० जनाको स्वाव परीक्षण गरिएकोमा २० जनाको नै नेगेटिभ आएको छ ।नवलपुरका स्वास्थ्य प्रमुख केशव चापागाईले नवलपुरमा आइतबारबाट नै सबै स्थानीय तहमा र्यापिट टेष्ट शुरु भएको बताए । यसरी र्यापिड टेष्ट गर्दा कोरोना संक्रमित भएका व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिए थप पुष्टिका लागि स्वाव संकलन गरेर पठाइने छ ।
Related News
सम्बन्धित समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१