जर्मन क्लब वायर्न म्युनिखको प्रशिक्षण शुरु

एजेन्सी
चैत्र २४, २०७६
Bayern Munikh

जर्मन क्लब वायर्न म्युनिखले सोमबारबाट प्रशिक्षण थाल्ने भएको छ ।

वायर्नले कोरोना भाइरसको संक्रमण र सरकारको निर्देशन अनुशरण गर्दै सोमबारबाट टिमको तयारी सुरु गर्ने जनाएको छ । सानो समूह बनाएर टिमको तयारी गर्ने वायर्नले उल्लेख गरेको छ ।

‘सानो समूह बनाएर वायर्न म्युनिखको पहिलो टिमको प्रशिक्षण सोमबारबाट सुरु हुनेछ,’ वायर्नले भनेको छ, ‘सरकारी नीति र सान्दर्भिक अधिकारीहरूसँगको समन्वयमा गरिनेछ । सरकारको नियम कडाइका साथ पालना हुनेछ ।’

कोरोनाको कारण बुन्डेस लिगा फुटबल अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width