कोरोना भाइरसबाट संक्रमित स्विस नागरिकहरुलाई टेनिस खेलाडी रोजर फेडेररको आर्थिक सहयोग

एजेन्सी
चैत्र १३, २०७६
roger federar

टेनिस खेलाडी रोजर फेडररले कोरोना भाइरसबाट संकटग्रस्त आफ्नो देश स्विजरल्याण्डका मानिसहरूलाई सहयोग गर्न १० लाख भन्दा बढी सहयोग गरेका छन ।

टेनिसमा २० पटकको ग्रान्ड स्लाम च्याम्पियन फेडरर र उनकी श्रीमतीले यस संकटको समयमा १० लाख स्विस फ्र्यान्क लगभग १० लाख २० हजार डलर सहयोग गरेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूटीओ) को आधिकारिक तथ्यांक अनुसार स्विट्जरल्याण्ड विश्वमा कोरोना भाइरस संक्रमित देशहरुमध्ये नवौं स्थानमा छ। स्विस स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ का कारण बुधबारसम्म स्विट्जरल्याण्डमा ८ हजार ८ सय मानिस संक्रमित भएका छन् । त्यहाँ सोमबारसम्म ८६ जनाको मृत्यु भएको छ ।

विश्व वरियतामा चार नम्बरमा रहेका ३८ वर्षीय रोजर फेडररले इन्स्टाग्राममा लेख्दै भनेका छन्, ‘यो सबैका लागि चुनौतीपूर्ण समय हो र कोही पनि पछि नपरुन, मिर्का र मैले स्विजरल्याण्डका अति असुरक्षित परिवारहरूलाई व्यक्तिगत रूपमा १ मिलियन स्विस फ्रान्क दान गर्ने निर्णय गरेका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width