पोखरा ।लायन्स क्लब अफ पोखरा पिस टाउनको लायन वर्ष २०२०/२०२१ अध्यक्षमा सरला तिमिल्सिना निर्वाचित भएकी छन् । क्लबको शनिबार सम्पन्न निर्वाचनमा प्रथम उपाध्यक्षमा शोभा अधिकारी पौडेल, द्वितीय उपाध्यक्ष सीता तिमिल्सिना सुवेदी, तृतीय उपाध्यक्ष शोभा आचार्य, सचिवमा सृजना अधिकारी बराल, क्लब प्रशासकमा कान्ती अधिकारी पौडेल, कोषाध्यक्षमा केसी माया, सहसचिवमा बबिता गुरुङ र सहकोषाध्यक्षमा दीप्ति आचार्य चयन भए ।
मेम्बरसीप चियरपर्सनमा क्लबका पूर्व अध्यक्ष सविता बराल, एलसिआइफ को–अर्डिनेटरमा पूर्व अध्यक्ष डा वीनिता कोइराला, क्लबसर्भिस चेयरपर्सनमा पूर्व अध्यक्ष सीता कोइराला, इन्भारोन्मेटल चेयरपर्सनमा पूर्व अध्यक्ष उषा क्षत्री, क्लब कम्युनिकेशन मार्केटिङ एवं कानूनी चेयरपर्सनमा दुर्गा भण्डारी, निर्देशकमा डा नीलु हिराचन, आशा पहारी, लक्ष्मी पोखरेल लगायत निर्वाचित भएको निर्वाचन संयोजक एवं क्लब निवर्तमान अध्यक्ष डा वीनिता शर्मा कोइरालाले जानकारी दिइन्।
निर्वाचितलाई प्रमुख अतिथि डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी बिनोद ढुंगाना, क्लबका गाईडिङ लायन टंकराज अधिकारी, क्लब अध्यक्ष गीता कार्की, निर्वाचन संयोजक डा वीनिता शर्मा कोइराला लगायतले अबिर र माला लगाइ बधाइ दिए ।क्लबका अध्यक्ष गीता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका गाईडिङ लायन टंकराज अधिकारी, कार्यक्रम संयोजक डा वीनिता कोइराला, पूर्व अध्यक्ष सीता कोइराला, द्वितीय उपाध्यक्ष शोभा पौडेल, सचिव शोभा आचार्य र कोषाध्यक्ष कान्ती पौडेल लगायतले बोलेका थिए ।कार्यक्रममा क्लबका पूर्व अध्यक्ष डा वीनिता कोइरालाले क्लबका सदस्यलाई कोरोना भाइरससम्बन्धी जानकारी दिएकी थिइन् ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१