लेखनाथ । पोखरा २९ मा जारी श्रीमद्भागवत् धनधान्याचल महायज्ञमा एकैदिन २७ लाख ५० हजार संकलन भएको छ ।पट्नेरी पुलचोकमा जारी महायज्ञको छैंटौं दिन बिहीबार नगद र जिन्सी गरी सो रकम संकलन भएको हो । महायज्ञमा हालसम्म कुल ६० लाख ५० हजार रुपैयाँ बराबरको दान संकलन भएको आयोजकले जनाएको छ ।
बिहीबार पुल्चोकका सन्तोष हमालले ५ लाख ५५ हजार ५ सय ५५, पट्नेरीका रामचन्द्र वस्तीले ५ लाख ५५ हजार ५ सय ५५ र पोखरा २९ का अध्यक्ष चेतबहादुर गुरुङले वडातर्फबाट यो वर्षका लागि १ लाख १० हजार र आगामी वर्षका लागि ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको महायज्ञ प्रचारप्रसार उपसमिति संयोजक मोती गिरीले जानकारी दिए ।पट्नेरीकै होमबहादुर सुनारले १ लाख ५१ हजार १ सय ११, पोखरा–३३ ठूलढुङ्गाका भेषराज पौडेलले १ लाख ११ हजार १ सय ११, पोखरा–३० का शिवप्रसाद न्यौपानेले ५५ हजार ५ सय ५५, पट्नेरीका मनोहर पौडेलले ५५ हजार ५ सय ५५ प्रदान गरेका छन् ।
यसअघि २ लाख २२ हजार २ सय २२ रुपैयाँ दान गरेकी महायज्ञकी संयोजक गंगा मल्लले बिहीबार सासू सन्तुकुमारी मल्ल र ससुरा कटकबहादुर मल्लको तुलादानको लागि २९ हजार रुपैयाँ थप दान गरिन् । महायज्ञ सहसंयोजक चित्रबहादुर सुनारले आमा हितमाया सुनारको तुलादानमार्फत थप सहयोग गरे । कार्यक्रममा विभिन्न आमा समूहले महायज्ञको लागि धान, चामल, आलु, तरकारी, घीउ, तेल, दही लगायत सामग्री समेत दान गरेका छन् ।
यसैबीच, महाशिवरात्री पर्व अवसरमा महायज्ञस्थलमै शिवरात्री विशेष पूजाआजा सहित सामूहिक ब्रतबन्ध तथा ठाडो बत्ती बाल्ने व्यवस्था समेत मिलाइएको परोपकार महासंघ कास्की अध्यक्ष डिल्लीराम लामिछानेले जानकारी दिए ।आश्रम परिसरमा कलात्मक मन्दिर, सभाहल र गौशाला सहितको अत्यावश्यकीय भौतिक संरचना निर्माणको सहयोगार्थ सञ्चालित महायज्ञ आध्यात्मिक चिन्तन र दानको संगमस्थल बन्न सफल भएको छ । भक्तजनको कल्याण, धार्मिक पर्यटन, योग तथा सांस्कृतिक चेतना वृद्धि, मन्दिर पुनःनिर्माण र धार्मिक सामाजिक कल्याणका लागि बहुउद्देश्यीय भवन निर्माण संकल्पसहित आयोजित महायज्ञ शनिबारसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा महायज्ञ समिति
राधाकृष्णको महायज्ञबाट ४० लाख
अस्पताल बचाउन फेरि महायज्ञ
राधाकृष्ण मन्दिरमा महायज्ञ जारी
राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१