आनन्दज्योतिमा निबन्ध लेखन

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
student

पोखरा । पोखरा ३१, बेगनासमा रहेको आनन्दज्योति माविमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भूपू विद्यार्थी मञ्च आनन्दज्योति माविद्वारा आयोजित प्रतियोगितामा माध्यमिक तहसम्म “नेपाल भ्रमण वर्ष २०२० का अवसर र चुनौती” विषयक र आधारभूत तहमा “पोखरामा पर्यटनको सम्भावना र चुनौती” विषयक निबन्ध लेखन प्रतियोगिता भएको भूपू विद्यार्थी मञ्चका सदस्य सन्तोष अधिकारीले जानकारी दिए ।

यस्तै, आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि खुला चित्रकला प्रतियोगिता गरिएको थियो । विद्यालयले आन्तरिक मूल्याङ्कन गराई प्रतियोगितामा सहभागी हुने विद्यार्थी छनोट गरेको थियो ।दुवै प्रतियोगिताको नतिजा विद्यालयको वार्षिकोत्सव अवसरमा फागुन १७ मा घोषणा गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width