निलगिरि बोडिङ्को ३१ औं वार्षिककोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
nilagari school

पोखरा, २ फागुन । निलगिरि ईङ्गलिस बोर्डिङ्ग स्कुलको ३१ औं वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङ्गको प्रमुख आतित्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि गुरुङले भाषा शिक्षाको मेरुदण्ड भएको बताए । उनले भाषामा अब्बल विद्यार्थी अध्ययनमा पनि संधै उत्कृष्ट रहने बताए । कक्षा कोठाको सिकाई सबैभन्दा उत्कृष्ट सिकाई भएकाले शिक्षकले विद्यार्थीलाई कक्षा कोठामा सिकाईएका ज्ञानलाई ब्यवहारमा उतार्न सिकाउनुपर्नेमा जोड दिए ।

यसैगरी कार्यक्रमको अध्यक्षता गर्दै विद्यालय ब्यवस्थान समितिका अध्यक्ष रामु गुरुङ्गले अभिभावक घरमा पनि आफ्ना बालबालिकाको अध्ययनप्रति रुची राख्नु पर्ने र उनीहरुलाई उचित वातावरण दिनुपर्ने बताइन् ।साथै गुरुङ्गले एसइई. परीक्षाको तैयारी गरीरहेका आफ्ना विद्यार्थीलाई अब्बल नतिजा ल्याउनेगरी मिहिनेत गर्न समेत सुझाव दिइन् । कार्यक्रममा २०७५ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी लगायत ंअनुशासन, सरसफाइ र नियमित हाजिरी शीर्षकका पुरस्कार समेत वितरण गरेको थियो । एसइई परीक्षामा सर्वोत्कृष्ट ग्रेड ल्याउन सफल ४ जना विद्यार्थीलाई निलगिरि विद्यापदकले सम्मान गरिएको थियो । सम्मानित हुने विद्यार्थीहरुमा आयुषलाल लामा, एञ्जिला गुरुङ्ग, चीजा गुरुङ्ग र विवश भुजेल रहेका छन् । यसैगरी छात्र र छात्राको तर्फबाट विद्यालय प्रथम हुन सफल आयुषलाल लामा, एञ्जिला गुरुङ्ग र चीजा गुरुङ्गलाई आर्जना स्मृति अक्षयकोषद्वारा सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको थियो ।

उनीहरुलाई आर्जना स्मृति अक्षयकोषका संरक्षक दिलीप दोषी श्रेष्ठले जनही छ हजार, सात सय एकचालिस रुपैँया नगद र प्रमाण–पत्रले सम्मान गरेका थिए । उक्त पुरस्कार वितरण कार्यक्रममा २०७५ सालको आधारभूत तह परीक्षामा सर्वोत्कृष्ट अक्षराङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयले सम्पन्न गरेको अन्तर–सदनात्मक छात्र÷छात्रा भलिबल प्रतियोगिताका विजयी सदनका खेलाडीहलाई मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । सोही क्रममा १६ औं प्याब्सन स्पोर्टस मिटमा उत्कृष्ट खेलाडीको उपाधि पाएका खेलाडी छात्र अमिर रानालाई विद्यालयको तर्फबाट नगद २ हजार ५५ रुपैँया पुरस्कार स्वरुप प्रदान गरिएको थियो । यसैगरी प्रथम स्थान हासिल गराउन विशेष योगदान पु¥याएका शिक्षक एवं भलिवल खेल संयोजक नारायण जिसीलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा अभिभावक यज्ञप्रसाद पंगेनी, बगालेटोल तमुसमाजका अध्यक्ष दिलबहादुर गुरुङ्ग, विद्यालय ब्यवस्थापन समितिका सदस्य दामोदर पराजुली, विद्यार्थीका तर्फबाट एञ्जिला गुरुङ्ग र चीजा गुरुङ्गले मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयका संयोजक वसन्त सिग्देलले स्वागत मन्तब्य राखेका थिए भने सह–प्राचार्य अमृत सुवर्णकारले विद्यालयको शैक्षिक प्रतिवेदन प्रश्तुत गरेका थिए । विद्यालयको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्वय नारायण जिसी. र उदय सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width