सफल पोखरा म्याराथनलाई पोखरेली मञ्च यु.के.को सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
Marathon Help

पोखरा । १४ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च युकेले भुतपुर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार नगद सहयोग गरेको छ ।

युकेमा पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ संयोजक रहने गरी गठित समितिले रकम संकलन गरेर मञ्चलाई प्रदान गरेको हो । मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ र संयोजक मञ्जु गुरुङले उक्त रकमको चेक तेज गुरुङलाई हस्तान्तरण गरे ।

पोखरेली मञ्च यु.के. भुतपुर्व खेलाडी मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था समेत हो । गत वर्षबाट मञ्चले पोखरा म्याराथनलाई सहयोग गर्दै आइरहेको छ । यसका अलवा मञ्चले विजेता धावकहरुका लागि वेलायतमा निर्मित मेडलहरु समेत मञ्चका अध्यक्ष गुरुङलाई प्रदान गरे ।

कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी गुरुङ ‘एमभीओ’ ले ह्विलचियर दौड विजेता पुरस्कारका लागि प्रायोजन गरेका छन् । गुरुङले २० हजार रुपैयाँ मञ्चका अध्यक्ष गुरुङलाई हस्तान्तरण गरे ।

यसैबीच, सहारा युकेले भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङलाई सम्मान गरेको छ । सहारा युके अंकित स्कार्फ लगाइदिएर सहारा युकेका महासचिब धनु थकालीले १४ औं सस्करणको पोखरा म्याराथनको भव्य सफलताको शुभकामना समेत व्यक्त गरे ।

तस्बीरः सुदर्शन रञ्जित

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै