पोखरा । हिन्दुहरुको पर्व श्री पञ्चमीको अवसरमा अर्मलामा पर्वतीय दौड हुने भएको छ ।
पोखरा महानगरपालिका–१६ अर्मलास्थित स्थानीय दुर्गा युवा क्लबको आयोजनामा यही माघको १६ गते पर्वतीय दौड हुने भएको हो ।
मेलाको अवसरमा पुरुष भलिवल तथा ठेलो प्रतियोगिता समेत हुने कलब अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिएका छन् ।
विशेष आकर्षणका रुपमा रहेको पर्वतीय दौड पोखरा–१६ स्थित केआई सिंह पुल, दीपबाट शुरु हुने जनाइएकोछ । १२ किलोमिटर दूरीको पर्वतीय दौडमा सुन्दरफिड चोक, बाटुलेचौर, महेन्द्र गुफा, घार्मी खोला, अर्मला डिही, डाँडा बिसाउना हुँदै अर्मला कोटमा पुगेर सम्पन्न हुनेछ ।
पर्वतीय दौडमा पहिलो हुनेले १५ हजार, दोस्र्रोे हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् । पर्वतीय दौडमा १ सय भन्दा वढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसैगरि, सोही कार्यक्रम अन्तरगत अर्मलाकोट श्री सिता आधारभुत विद्यालयको खेल मैदानमा पुरुष भलिबल समेत हुने भएको छ । पुरुष भलिबलको विजेताले ४० हजार र उपविजेताले २५ हजार सहित कप, मेडल र ट्रफी पाउनेछन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
श्री पञ्चमीकै अवसरमा अर्मलामा परम्परागत रुपमा हुँदै आएको ठेलो हान्ने प्रतियोगिता समेत हुनेछ । प्रतियोगितामा १६ वर्षमुनी र सो भन्दा माथिका दुई अलग–अलग प्रतियोगिता हुने क्लबले जनाएको छ । विजेताले ३ हजार पाउनेछन् ।
अर्मलामा सदियौंदेखि श्रीपञ्चमी मेला हुँदै आएको छ ।
माघको १४ गतेबाट शुरु हुने मेला अन्तरगत अर्मलाको शक्तिपीठ मौदुमा गाउँले महिलाहरुले माघ १५ गते साँझ पूजाआजा गर्ने चलन रहेको स्थानीय जुम गुरुङले बताए । उक्त शक्तिपीठमा पञ्चमीको दिन वली समेत दिइने प्रचलन छ ।
अर्मला कोटमा अवस्थित श्री सिता आधारभुत विद्यालयको वार्षिकोत्सवका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत हुने भएका छन । गण्डकी प्रदेश सरकारले अर्मलालाई गत वर्षनै होम स्टेको रुपमा घोषणा समेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१