माघको पहिलो हप्ताबाट पोखरामा प्रदेशस्तरिय मुख्यमन्त्री कप फुटबल

आदर्श समाज सम्वाददाता
पौष २८, २०७६
Gandaki Pradesh Stariya Mukhya Mantri Cup Football

पोखरा । माघको पहिलो साताबाट पोखरामा मुख्य मन्त्री कप गण्डकी प्रदेशस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेशस्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको हो ।

माघको ४ देखि ९ गतेसम्म पोखराको भण्डारढिक आदर्श खेल मैदानमा हुने पत्रकार सम्मेलनमार्फत प्रतियोगिता संयोजक कृष्ण थापाले जानकारी दिए । एन्फा उपाध्यक्ष समेत रहेका थापाले प्रतियोगितामा गण्डकी प्रदेशबाट ८ जिल्लाका टिमले सहभागिता जनाउने बताए ।

गण्डकी प्रदेशमा एन्फा मान्यताप्राप्त ७ जिल्ला सोझै मुख्यमन्त्री कपमा भिडनेछन् । बागलुङ एन्फा मान्यता प्राप्त जिल्ला भएपनि स्थानीय जिल्ला लिग समयमा नगरेकोले कारवाहीमा छ । अन्य ३ जिल्ला पर्वत, म्याग्दी, मुस्ताङसँग क्वालिफाइङ म्याच खेल्न पर्ने संयोजक थापाले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सबै जिल्लालाई समेट्न आग्रह गरे अनुसार ३ जिल्लाबीच क्वालिफाइङ राउण्ड खेलाउने स्थिति बनेको हो । विजेता जिल्लाले सहभागिता हुन पाउने प्रावधान राखिएको थापाले बताए ।

यि ४ टिमबीचको खेल भने यही पुसको २८ गते वागलुङ र म्याग्दीमा हुनेछन् । जस अनुसार पर्वतले पहिलो राउण्डमा बागलुङसँ र म्याग्दीले मुस्ताङसँग भिड्नेछन् ।

लिग कम नक आउटका आधारमा संचालन हुने मुख्यमन्त्री कपमा जिल्लाका लिग बिजेता टिम स्याङ्जाबाट होराइजन क्लब, तनहुँबाट भिमाद युथ क्लब, लमजुङबाट त्रिवेणी यूवा क्लब, गोर्खाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आदर्श क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लबको सहभागिता हुने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित शिल्ड, ट्रफी, मेडल लगायतको पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी टिमले टिम तयारीका लागि ५० हजार समेत पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट हुनेमध्ये वेष्ट डिफेन्स, वेष्ट गोलकीपर, वेष्ट मिड–फिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले ४० लाख उपलब्ध गराउने आयोजकले जनाएको छ । पहिलो चरणमा २० लाख र खेलअवधिमा २० लाख गरी ४० लाख दिने सहमति भएको संयोजक थापाले बताए । करिब १ करोड १ लाख खर्च हुने प्रतियोगितामा करिब ७३ लाख खर्च हुने अनुमान आयोजकको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एन्फा कास्कीका सचिब रमेश कार्कीले समेत आ–आफ्ना धारणा राखेका थिए ।

तस्बीर : सुदर्शन रञ्जित

Related News

सम्बन्धित समाचार

hero news full width