विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। सुनसरीको इनरुवामा आइतबार भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १ सय ८ रनले पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो। आर्मीले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो। एपीएफका लागि पृथु बास्कोटाले सर्वाधिक ३६ रन जोड्दा शंकर रानाले ३२ रन बनाए।
यस्तै, सुमित महर्जन र सन्दीप जोराले समान २३/२३ रन जोड्दा कप्तान बसन्त रेग्मीले १७ रनको मात्रै योगदान दिए। आसिफ शेख र अमरसिंह रौटेला खातै नखोली आउट बने। आर्मीका शाहब आलमले ४ तथा कुशल मल्लले २ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४६ ओभरमा अल आउट हुँदै २ सय ८१ रन बनाएको थियो। आर्मीको फराकिलो जितमा कुशल मल्लले शतकीय इनिङ्स खेले। कुशलले ६३ बलमा १३ छक्का र ५ चौकासहित १ सय ११ रन बनाए। कुशल जारी प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी समेत हुन्।
यस्तै, अनिल मण्डलले ४१, राजेश पुलामी मगरले ३८, रोहितकुमार पौडेलले १४ रनको योगदान गरे। एपीएफका बसन्त रेग्मीले ४ विकेट लिए। यस्तै अमरसिंह रौटेलाले २ तथा प्रदीप ऐरी, सुर्य तामाङ र अबिनास बोहराले समान १/१ विकेट लिए।
जितसँगै समूह ‘ए’ को आर्मीले पहिलो खेलमा २ अंक जोडेको छ। आर्मीले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ। प्रतियोगिता अन्तर्गत सोमबार एपीएफ र स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टरबीच खेल हुनेछ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१