राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक निर्माणमा कार्यरत मजदुर आन्दोलित भएका छन्।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरदेखि भुरुङ्ग तातोपानी सडक स्तरोन्नतिको ठेक्का लिएको शर्मा युनाइटेड जेबीले पारिश्रमिक नदिएपछि सडक आयोजना निर्माणमा कार्यरत मजुदर आन्दोलित भएका हुन्।
गलेश्वरदेखि भुरुङ्ग तातोपानी सडक खण्डअन्तर्गत १९ किलोमिटर सडक निर्माणमा कार्यरत मजदुरलाई ठेकेदार कम्पनीले पारिश्रमिक नदिएपछि आन्दोलित हुनुपरेको सडक आयोजना निर्माणमा कार्यरत सब कन्ट्याक्टरमध्यका कोमबहादुर बुढा मगरले बताए। ‘ठेकेदार कम्पनी शर्मा युनाइटेड जेबीले ६ महिनादेखि काम गरेको पारिश्रमिक नदिएपछि काम बन्द गरी आन्दोलनमा उत्रिन बाध्य भएका हौं, ’ सब कन्ट्याक्टर बुढाले भने। ‘पारिश्रमिक दिन ठेकेदार कम्पनीसँग पटकपटक अनुरोध गरे पनि ठेकेदारले पारिश्रमिक दिन आनाकानी गरेकाले दिन बाध्य भएर धर्ना दिइएको हो। ’
सडक निर्माणमा कार्यरत २ सय ५ जना मजदुरलाई साउनदेखिको १ करोड १३ लाख रुपैयाँ बढी पारिश्रमिक भुक्तानी गर्न बाँकी रहेको सब कन्ट्याक्टर वेदबहादुर थापाले बताए।
ठेकेदारले काम गरेबापतको पारिश्रमिक नदिएपछि घरमा समस्या भएको सोही कम्पनीमा कार्यरत रोल्पाकी दिलकुमारी बुढामगरले पीडा पोखिन्। ‘घर जाने भनेको साथमा एक रुपैयाँ छैन। ऋण खोजौं भने पनि साहुँलाई पहिलेकै तिर्न बाँकी छ, ’ दिलकुमारीले व्यथा सुनाउँदै भनिन् । मजदुर कम्पनीको साइड कार्यालयमा तालाबन्दी गर्नुका साथै मंगलबारदेखि पूर्ण रुपमा काम बन्द गरी आन्दोलनमा आएका नेपाल ट्रेड युनियन म्याग्दीका महासचिव अर्जुन रानाले बताए। उनका अनुसार ६ महिनादेखि मजदुरहरुले तलब पाएका छैनन्।
यता, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मजदुरको माग जायज भएको बताए । मजदुरलाई पारिश्रमिक दिलाउन ठेकेदार कम्पनीसँग छलफल भइरहेको बताउँदै छिट्टै समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१