साहित्य शृङ्खला पोखराले शनिबार पोखरामा आफ्नो २१८ औँ शृङ्खला एवम् नियमित रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका सल्लाहाकार एवं ‘परिश्रमी प्रतिभा पुरस्कार’का संस्थापक स्रष्टा नारायण परिश्रमीको नयाँ कृति मान्छे कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो।
उक्त अवसरमा परशुराम कोइराला, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य नारायण मरासिनी, वरिष्ठ साहित्यकार प्राडा भवानी पाण्डे, संस्थाका सल्लाहाकार एवं गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कृतिका बारे समीक्षात्मक मन्तव्य राखेका थिए।
सङ्गम सांस्कृतिक मञ्च नेपाल, पोखराका काजी गाउँले, विकास लुङ्गेलीलगायतका कलाकारहरूको सांङ्गीतिक प्रस्तुती रहेको थियो।
कार्यक्रममा छविलाल आचार्य, रामनाथ अधिकारी, अल्पविराम, मुक्तिनाथ अधिकारी, विष्णु बास्तोला, गीता तिवारी, सुमनराज पौडेललगायतका स्रष्टाले रचनावाचन गरेका थिए।
साहित्य श्रृंखला पोखराका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीको स्वागत तथा संस्थाका अध्यक्ष लोकनाथ पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम कार्यवाहक सचिव काजी गाउँलेले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१