हेमजा, २३ मंसिर ।अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरमा शिवपुराण लगाउने तयारी गरिएको छ ।
मन्दिरको तेस्रो साधारणसभाले समय मिलाएर चाँडै नै शिवपुराण लगाउने निर्णय गरेको हो । धर्म संस्कृतिको रक्षा गर्नुपर्ने भन्दै मन्दिरको दिगो व्यवस्थापनका लागि पुराण गर्न लागिएको हो ।
मन्दिरका सल्लाहकार रामेश्वर पौडेलले लक्ष्य तोकेर मात्रै पुराण लगाउनुपर्ने भनाई राख्दै भौतिक संरचना निर्माण एवम् दैनिक पूजा व्यवस्थापनको पक्षलाई जोड दिनुपर्ने जनाए।वडा सदस्य रामजीप्रसाद पौडेलले मन्दिरको संरक्षण गर्ने दायित्वबाट सरोकारवाला केही पनि पछि हट्न नहुने औँल्याए।
कार्यक्रममा पण्डितद्वय शोभाखर पौडेल र तारानाथ शर्मा, समाजसेवी मोतिलाल पौडेल, भकरजुङ सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद पौडेल, सल्लाहकार शिवप्रसाद पौडेल, पत्रकार श्रीभद्र पौडेल लगायतले पनि धारणा राखेका थिए ।
उनीहरुले मन्दिरमा स्थायी पुजारी राख्नुपर्ने, मन्दिरको भोकाधिकार भित्र रहेको जग्गा दर्ता प्रक्रियामा लैजानुपर्ने, पितृ उद्घार तथा संस्कृति हस्तान्तरणकै लागि भएपनि शिवपुराण लगाउनुपर्ने, मन्दिरको विकासका लागि गुरुयोजना बनाउनुपर्ने, अन्य आम्दानीका स्रोतको पनि पहिचान गर्नुपर्ने लगायतका सुझाव राखेका थिए।
कार्यक्रमका बीच सचिव फणिन्द्रप्रसाद पौडेलद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष डिल्लीराम पौडेलबाट प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन भएको थियो ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार शिवप्रसाद पौडेलले स्वागत तथा सचिव फणिन्द्रप्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१