पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा शतबीज छरिएको छ।
बालाचर्तुदशी पर्वको अवसरमा स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा अर्मला, पुरञ्चौर, भलाम, सार्दीखोला, हेम्जा, हरिपाउ, कुरेचौर र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना पितृको सम्झना गरी भगवान् शिवको आराधना गरी मन्दिर परिसरमा शतबीज छरेका थिए।
स्थानीय सावित्री पौडेलको घरबाट वाजागाजा र भजन कीर्तनसहित धार्मिक परम्परा अनुसार फूलको डोली मन्दिर परिसरमा ल्याएपछि डोलीसगसगै शतबीज छर्नेको घुइँचो लागेको स्थानीय अभिशेक पौडेलले जानकारी दिए।
साँझसम्म पनि मन्दिरमा पूजा गर्ने र शतबीज छर्न मन्दिर परिसरमा भक्तालुहरुको घुइँचो लागेको समितिका अध्यक्ष टीकाराम पौडेलले बताए।
स्थानीय भजन मण्डलीले साझसम्म पनि भजन किर्तन गरेका थिए। त्यस क्षेत्रमा पुगेका भतmजनहरुले घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय वासिन्दालाई सुझाव दिएका छन।
घार्मीमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन। बाला चर्तुदशी पर्व र शिव रात्रीमा त्यस क्षेत्रमा धार्मिक मेला नै लाग्ने गरेको छ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१