पियु र एनजिओ फेडेरेशनबीच सम्झौता

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
pu_Fotor

पोखरा विश्वविद्यालय (पियु) मानविकी संकाय र एनजिओ फेडेरेशन नेपाल कास्कीबीच विद्यार्थीको प्रयोगात्मक अभ्यास तथा सीप आदानप्रदान लगायत विषयमा सम्पन्न भएको छ।

पोखरा विश्वविद्यालयतर्फबाट मानवशास्त्र तथा सामाजिक संकायका डिन प्राडा ईन्द्रप्रसाद तिवारी र एनजिओ फेडेरेशन नेपाल कास्कीका अध्यक्ष पदमराज पहारीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा उक्त संकायका विद्यार्थीलाई सामाजिक अनुसन्धान, तालिम, वर्कसप, सेमिनार, गोष्ठीमा सहभागी गराउन सहकार्य तथा विद्यार्थीलाई एनजिओ फेडेरेशनमा आवद्ध एनजिओमा ईन्टनसीपको समेत व्यवस्था हुने उल्लेख गरिएको छ।

मानविकी संकायका दुई कार्यक्रम बी डेभ्स तथा बेक्सका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण सन्दर्भमा पाँच वर्षे सम्झौता गरिएको कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले जानकारी दिए।

कार्यक्रममा मानविकी संकायका डिन प्राडा तिवारीले उक्त सम्झौता मार्फत विद्यार्थीलाई पढाईसँगै प्रयोगात्मक सीप, ज्ञान आर्जन गर्नुका साथै अनुभव बटुल्न मद्दत गर्ने बताए।

एनजिओ फेडेरेशन नेपाल अध्यक्ष पहारीले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान सहित भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उक्त संकायका सह प्राध्यापक डा अजय थापाले बी डेभ्स तथा बेक्स कार्यक्रमबारे नवआगन्तुक विद्यार्थीलाई जानकारी गराए।

हेमन्तराज कँडेलले पुस्तकालयका नियम, पुष्पा पौडेलले परीक्षाको मूल्याङ्कनबारे जानकारी गराएकी थिइन्।

कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले स्वागत गरेको उक्त अभिमुखीकरण कार्यक्रमको समापन कार्यक्रम निर्देशक डा रामप्रसाद अर्यालले गरेका थिए ।

कार्यक्रम सञ्चालन उप प्राध्यापक भरतराज ढकालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width