१. भारतको सवोर्च्च अदालतले ७० वर्ष पुरानो रामजन्मभूमि बाबरी मस्जिदको विवाद टुङ्गयाएको छ। सवोर्च्च अदालतले बाबरी मस्जिदमुनिको सतहको आधारमा त्यहाँ पहिले राममन्दिर भएको ठहर्याएर हिन्दूहरुको पक्षमा ऐतिहासिक फैसला गरेको छ। त्यो फैसलाबाट हिन्दूहरु उत्साही भएका छन्।
२. सवोर्च्च अदालतका प्रधानन्यायधीश रञ्जन गोगोइको अध्यक्षतामा रहेको ५ सदस्यीय संवैधानिक इजलासको सर्व सम्मतिले अन्तिम फैसला गरेको हो। त्यसअघि अदालतले ४० दिनसम्म लगातार सुनुवाई गरेको थियो, त्यसमा राममन्दिर र बाबरी मस्जिदका पक्षधर वकिलहरुले आआफ्नातर्फका प्रमाण प्रस्तुत गरेका थिए।
३. दुईदशक पहिलेसम्म त्यहाँ बाबरी मस्जिद थियो। मुसलमानहरुको शासनकालमा हिन्दूहरुको राम जन्मभूमि मन्दिर भत्काएर त्यहाँ बाबरी मस्जिद बनाएकोले त्यो मस्जिद भत्काउनु पर्ने जिकिर गर्दै हिन्दूहरुले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतमा मुद्दा चलिरहँदा हिन्दूहरुले पनि रातारात त्यो मस्जिद भत्काएका थिए।
४. हिन्दू धर्ममा आधारित भारतीय जनता पार्टी, शिवसेना, राष्ट्रिय स्वयंसेवक संघ लगायतका संस्थाहरु त्यसको लागि लागीपरेका थिए। धेरै वर्ष पहिलेदेखि भारतीय जनता पार्टीको चुनावी मुद्दा नै त्यहाँ राम जन्मभूमि मन्दिर बनाउने माग दावी रही आएको छ। अदालतको यो फैसलाले तिनीहरुको हौसला बुलन्द गरेको छ।
५. सवोर्च्च अदालतले विवादित भूमि हिन्दूहरुलाई दिएपनि त्यसको नजिक कतै ५ एकड जमिन मस्जिद बनाउनलाई दिनुपर्ने पनि फैसला गरेको छ। सरकारले काश्मीरलाई पूर्ण रुपले भारतमा गाभिएपछि अब पालो राम जन्मभूमिको हो भन्ने अनुमान गरिएको थियो। परिणाम अपेक्षित रुपले आएको छ।
६. सरकारले फैसला हुनुपूर्व उत्तर प्रदेशभरि उच्च सतर्कता अपनाएको छ। फैसलाबाट असन्तुष्ट भएर उग्र मुसलमानहरुले कहीं कतै असन्तोष पोख्छन् कि भन्ने सरकारको अनुमान हुनसक्छ। मुसलमानहरुको केही संस्थाले अदालतको फैसला मान्ने घोषणा गरेका छन्। केही नेताहरुले संयम अपनाउने अपिल पनि गरेका छन्।
७. राम जन्मभूमि बाबरी मस्जिदको विवाद अब सेलाउँदै जाने अपेक्षा गर्न सकिन्छ। तर कट्टर हिन्दुहरुले अन्य करिब ४० स्थानमा पनि मुसलमानहरुले आफ्नो शासनकालमा मन्दिर भत्काएर मस्जिद बनाएको शिकायत गर्दैछन् र तिनीहरुले ठूलठूला मस्जिदहरु भत्काउनु पर्ने जिकिर गर्दैछन्। तिनीहरुको त्यो आवाज के कस्तो हुने हो यसै भन्न सकिन्न। तर राम जन्मभूमि बाबरी मस्जिदको विवाद भने सधैँका लागि अन्त हुने देखिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१