प्राय युवा–युवती देउसी भैले खेलेर रमाइलो गर्ने वनभोजजाने प्रवृति बढेका बेला यता स्याङ्जाका युवा–युवतीले देउसी भैलोको रकम समाज सेवामा खचेर्का छन्।
रोट्रयाक क्लब अफ वालिङ र स्मार्ट ईभेन्ट ग्रुपको संयुक्त आयोजनामा खेलिएको देउसी भैलोमा संकलन भएको रकमले भुम्रे माविमा अध्ययनरत फरक क्षमता भएका छात्र–छात्रालाई सिरकडस्ना बितरण गरेका छन्।
यहाँ अध्यानरत फरक क्षमता भएका १० जना बिद्यार्थीलाई ५० हजार बराबरको सिरक डस्ना र सिरानी बितरण गरिएको रोट्रयाक क्लब अफ वालिङका अध्यक्ष मिलन पौडेलले बताए। आवासीय खर्च बापत प्रति बिद्यार्थी ४ हजार राज्यले प्रदान गर्दै आएको छ भने बेलाबेलामा बिभिन्न संघ संस्थाले खाद्यान्न, लत्ता कपडा जस्ता सामाग्री सहयोग गर्दै आएको भुम्रे मावि सुस्त मनस्थिति कक्षाका स्रोत शिक्षक डोलराज बस्यालले बताए। फरक क्षमता हुनु बालबालिका गल्ती नभएको बताउँदै यस्ता बालबालीकालाई सम्मान र प्रोत्साहन गर्न आबश्यक रहेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभकान्त पौडेलले बताए। सम्मान स्वरुप युवाले परोपकारी क्षेत्रमा देउसी भैलोको रकम खचेर्कोमा प्रशंसा व्यक्त गर्दै भने, ‘ यस्ता पर्बहरुमा रकम संकलन गर्ने र बनभोज तथा भ्रमणमा मदिरा सेबन गरेर खर्चिने लहर चलेको बेला यी युवाले निकै प्रशंसनीय कार्य गरेका छन्। ’
रोट्रयाक क्लबले सार्बजनिक स्थलमा सरसफाई कार्यक्रम, सचेतनामुलक कार्यक्रम गर्दै आएको छ भने दशैको तिहारको अबसरमा लोपान्मुख लठ्ठे पीङ समेत वालिङमा राखेको थियो। उक्त हस्तान्तरण कार्यक्रमको संचालन स्मार्ट ईभेन्ट ग्रुपका अध्यक्ष सगुन रानाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१