२७ विद्यार्थीलाई छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
कार्तिक ५, २०७६
photo 5

पोखरा ४ कात्तिक । मुस्ताङका विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णले मुस्ताङका २७ विद्यार्थीलाई सोमवार छात्रवृत्ति वितरण गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले ५ लाख १७ हजार ८सय रुपैयाँ ती विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गरेका थिए ।

उक्त समारोहमा बिष्टले लायन्स क्लबले निश्वार्थरुपमा काम गरेका आफनो अनुभब सुनाए । लायन्स क्लब अन्नपूर्णले मुस्ताङ जिल्लाको पनि बिकट क्षेत्रमा गरेको सेवाको प्रशंसा गरे । छात्रबृत्ति कार्यक्रमका संयोजक सल्लाहकार सोनाम साङ्पोले बिभिन्न दातृ निकायबाट आएको रकम सहि सदुपयोग गर्नको लागी बिद्यार्थीलाई आब्हान गरे ।

सो अवसरमा पास मल्टिपल काउन्सिल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठले नेपालभरी लायन्स क्लब मध्ये सबभन्दा उत्कृष्ट काम गरेको दाबी गरे । त्यस्तै क्लबका सुरेन्द्रमान बिजुक्छे, बेवराज गिरी अर्जुन पोख्ररेल, बिजय पौडेल, र बिद्यार्थी लीला गुरुङले आफ्नो भनाई राखेका थिए । क्लबका अध्यक्ष प्रदीप राजभण्डारीको सभापतित्व सम्पन्न कार्यक्रम संचालन सचिव गणेश छबिले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width