पोखरा, १३, पोखरा। फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–११ ले आफ्नो २१ औं साधारण सभा आइतबार सम्पन्न गरेको छ ।
प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सभाको उद्घाटन गर्दै एउटै उद्देश्यका सहकारी बीच सामुहिक उत्पादन तर्फ लाग्नुपर्ने जोड दिए । संस्था प्रचारमुखी नभई उत्पादनमुखी बनाउनुपर्ने दायित्व शेयर सदस्यहरुले मनन् गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष टिकाराम बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सयपत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वराज बास्तोला, काहूँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बोधराज घिमिरे कामना सेवा विकास बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला ‘विशाल’ सल्लाहकार माधव प्रसाद बास्तोला ‘मधु’, शिवशक्ति मा.वि.का व्यवस्थापन समिति अध्यक्ष दामोदर बास्तोला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभाले अध्यक्ष टिकाराम बास्तोला, कोषाध्यक्ष हरिप्रसाद बास्तोला, सचिव मोहनप्रसाद बास्तोला र लेखा समिति संयोजक सविना बास्तोलाले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको कार्यक्रममा असल ऋणतर्फ श्रीधरा भट्टराई र ठाकुरप्रसाद बास्तोलालाई सम्मान गरिएको थियो ।
सहकारीमा २ सय ५९ जना शेयर सदस्य छन् । कुल ३ करोड ८१ लाख शेयर पूँजी रहेको सहकारीको निक्षेप संकलन १ करोड ३७ लाख र कर्जा प्रवाह ३ करोड ३७ लाख रहेको छ । कार्यक्रममा सञ्चालक सदस्य दामोदर आचार्यले स्वागत र सचिव मोहनप्रसाद बास्तोलाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१