सरुभक्तको ‘प्रतिगन्ध’ बजारमा

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
prataganda_Fotor

प्रसिद्ध साहित्यकार सरुभक्तबाट लिखित प्रतिगन्ध उपन्यासको पोखरामा आइतवार लोकार्पण भयो।

नयाँ पुस्ताका उपन्यासकारत्रय तीर्थ गुरुङ, गनेस पौडेल र सरस्वती प्रतिक्षाले उक्त पुस्तकको लोकार्पण गरेका थिए।

त्यस अवसरमा लेखक सरुभक्तले अमेरिकामा केही समय रहँदा देशबाट बाहिरएका नेपाली नयाँ लाहुरेहरुको स्थितिबारे आफूँले गरेको अनुभूतिलाई समेटेर कृति सिर्जना गरेको बताए।

पुस्तक कस्तो भयो, सुझाव दिन आग्रह गर्दै उनले भने पाठकहरुकै समीक्षाबाट लेखकलाई अगाडि बढ्न सजिलो हुने बताए।

साथै उनले सिद्धहस्त उपन्यासकारहरुबाट लोकार्पण गर्न पाएकोमा पनि खुसी प्रकट गरे।

साहित्यकार तीर्थ श्रेष्ठले सरुभक्तको पूर्ण रुपमा लेखकीय जीवन रहेको बताउँदै उनका प्रत्येक कृतिमा फरक प्रस्तुती रहेको उल्लेख गरे।

प्रकाशन संस्था बुकहिलका भूपेन्द्र खड्काले देशमा अहिलेको आवश्यकता चेतनाको विकास भएको र किताब नपढी चेतनाको विकास हुन नसक्ने बताए।

साहित्यका गनेस पौडेल सरुभक्तका अघिल्ला कृतिमा भन्दा यसको लेखनमा नवीन शैली र शिल्प भित्रिएको बताए।

साहित्यकार सरस्वती प्रतिक्षाले सरुभक्तको किताब पढ्दा चार पाँच उपन्यास पढेजस्तो अनुभूति हुने बताउँदै उनले प्रतिगन्ध पढ्दा ऐठनै ऐठन हुने बताइन्।

साहित्यकार तीर्थ गुरुङले सरुभक्तको उपन्यास लाहुरेको कथा भन्दै उपन्यासको कथानकलाई अन्तराष्ट्रिय कथाका रुपमा टिप्पणी गरे। पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमा उपाध्यक्ष उपेन्द्र पौडेलले स्वागत तथा सचिव अर्जुन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width