पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा फ्रि वाइफाइ सेवा शुरु गरिएको छ।
गुफा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी सेवा शुरु गरिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले जनाएको छ।
वल्र्ड लिङ्क सहयोगमा उच्च क्षमताको वाइफाइ सेवा शुरु गरिएको समिति संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए।
फ्रि वाइफाइ सेवा शुरु भएसँगै अब गुफा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले गुफाबाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सक्नेछन्।
विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा मंगलवार पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सेवा शुभारम्भ गरे। उनले सो सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र यसले बढी भन्दा बढी पर्यटकबीच गुफाको प्रचार पुग्ने बताए।
समिति संयोजक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष उदयबहादुर बस्नेत, विन्ध्यवासिनी मावि प्रअ कृष्णप्रसाद आचार्य, गुरुयोजना निर्माण उपसमिति सल्लाहकार सुशील बस्नेत, वल्र्ड लिङ्क प्रालि फ्रि वाइफाइ प्रोजेक्ट म्यानेजर ओममणि जोशी, अप्रेसन म्यानेजर शिशिर पौडेल लगायतले बोलेका थिए।
समितिले गुफा क्षेत्रको गतिविधि व्यवस्थित र सुरक्षित बनाउन यसअघि नै सिसी क्यामेरा जडान गरिसकेको जनाएको छ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१