घलेलमा प्रकटका गजल

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७६
Prakat

प्रकट

पोखरा, १७ भदौ । गजलकार प्रकट पगेनी ‘शिव’को १९ औं एकल गजल वाचन कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ घलेलमा हालै सम्पन्न भएको छ । पोखरा क्यानोनिङले आयोजना गरेको कार्यक्रममा उनले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए ।

‘साँझपख फेवातालमा’ शीर्षक गजलबाट बाचन थालेका पगेनीले जीवनका रंगीन अनुभवसहित गजल सुनाउँदा दर्शक दीर्घाबाट परर तालि मात्र बजेन श्रोताले दोहोर्याएर कतिपय गजल भन्न समेत माग गरे । पोखराबाट पुगेका श्रोता, हितैषी र गाउँले माझ उनले गजल सुनाएका हुन् । गजल सुन्नेहरूले ५ हजार रुपैयाँको टिकट काटेका थिए । टिकटमा गजल श्रबण, पोखराबाट आउने–जाने यातायात, ककटेल डिनर र बास बस्ने सुविधा समेटिएका थिए । गजल बाचनको माहौल तातिरहेका बेला झमझम पानी पर्यो । त्यसैले उनले ७ वटा मात्र गजल वाचन गर्न भ्याए । जति बाचन गरे त्यतिमा दर्शकहरु रमाएका थिए ।

संचारकर्मी एवं महिला नेतृ सरस्वती गुरुङको सक्रियतामा पोखरा क्यानोनिङले पगेनीको एकल वाचनको मेसो मिलाएको हो । कार्यक्रमबाट बचत भएको रकमले गजलकार पगेनीको पहिलो उपन्यासकृति ‘अनुश्रिया’ प्रकाशन गरिने कार्यक्रमका संयोजक राम गुरुङले जानकारी दिए । घलेललाई क्यानोनिङ गन्तव्यका रुपमा समेत पछिल्ला बर्षहरुमा चिन्न थालिएको छ ।

पगेनीले अहिले आफू धमाधम अनुश्रीया उपन्यास सम्पादनमा व्यस्त रहेको सुनाए । यस अघि उनका दुईटा गीत संग्रह–‘जुनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ प्रकाशित भएका थिए । त्यस्तै गजलकृति ‘प्रणयवेदका ऋचाहरू’ र कविताकृति ‘अक्षरभरि अक्षता’ छापिएका छन् ।

सरल शब्दमा गहिरो भाव बोकेका कविता, गीत, गजल र मुक्तक लेख्ने प्रभावशाली स्रष्टा हुन् पगेनी । अग्रजको सम्मान गर्दै अनुजहरूलाई साहित्य सृजनामा लाग्न प्रेरित गरिरहन्छन् उनी ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै