लमजुङ, ३० साउन । लमजुङमा स्थानीय सरकारको जवाफदेहिता प्रवद्र्धन सम्बन्धी मार्ग निर्देशन बारे अन्तरक्रिया गरिएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा क्व्होलासोंथर गाउँपालिका– ३ घलेगाउँमा उक्त अन्तरक्रिया गरिएको हो । स्थानीय सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउन महासंघले अन्तरक्रियाको आयोजना गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रेम घलेले गाउँपालिकाका कार्य सम्पादनलाई मजबुत बनाउन सामाजिक जवाफदेहिताको एकीकृत मार्ग निर्देशिका पारित गरी थप प्रभावकारी बनाउँदै नमूना गाउँपालिका बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो कार्यसम्पादनका क्रममा पारदर्शी र उत्तरदायित्व सम्बन्धमा कुनै कमी हुन नदिएको बताए । उनले महासंघ आफ्नै संस्था रहेको भन्दै महासंघले लिएको नीति कार्यक्रमलाई अँगाल्दै अगाडि बढ्ने बताएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुले जवाफदेहिताका औजारको प्रयोग र परीक्षण गर्दै गाउँपालिका अगाडि बढिरहेको जानकारी दिए । उनले आपसमा छलफल गरी नयाँ नयाँ औजारहरूले कार्यसम्पादनमा सुधार ल्याउने र क्रमशः लागू गरिदै जाने प्रतिवद्धता व्यक्त गरे । अन्तरक्रियामा स्थानीय सरकारको जवाफदेहिता प्रवद्र्धन सम्बन्धी मार्गनिर्देशन बारेमा गाउँपालिका महासंघ नेपालका कार्यकारी निर्देशक बिमल पोखरेल र अधिवक्ता बिष्णु पोखरेलले सहजीकरण गरेका थिए ।
स्थानीय तहका तल्लो तहको नागरिकहरूमा सुसूचित गराउन तथा सार्वजनिक खर्च व्यवस्थापन पारदर्शीता बढाउन, नागरिकका गुनासा तथा असन्तुष्टीहरूलाई कमी गर्दै लैजान र समृद्धिमा नागरिक सहभागिता बढाई दिगो बनाउन अन्तरक्रियाको आयोजना गरिएको गाउँपालिका महासंघ प्रदेश समन्वय अधिकृत शिव रेग्मीले बताए ।उक्त अन्तरक्रियामा क्व्होलासोंथर गाउँपालिका पदाधिकारी र कर्मचारीहरूले भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१