बूढीबजारमा सनराइज बैंकको १ सय २० औं शाखा

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
sunrise_Fotor

सन्राइज बैंकले पोखराको बूढीबजारमा बैंकको १ सय २० औं शाखा संचालनामा ल्याएको छ।

पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसी र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सोमवार संयुक्तरmपमा सो शाखा तथा एटीएम काउन्टर उद्घाटन गरे।

बैंकका गण्डकी प्रदेश प्रमुख रवीन्द्र केसीले सो शाखा मार्फत लेखनाथ क्षेत्रका ग्राहकलाई सहज बैकिङ्ग सेवा प्रदान गरिने जानकारी गराए।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले आफ्नो मन्तव्य राखेका थिए।

हालसम्म सनराइज बैंकले १ सय २० शाखासहित ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १ सय ३८ वटा एटीएम मार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

साथै बैंकले आफ्ना सेवा विस्तार गनेर्क्रममा नेपालका अन्य स्थानमा थप शाखा संचालन गर्ने योजना रहेको जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width