हेटौँडा, २३ साउन । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको हो ।
मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मिडिया सेन्टर नहुँदा पत्रकारले प्रदेशसभाको पछाडिपट्टि बसेर भिडियो, अडियोसमेत लिन नपाई रिपोर्टिङ गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् ।
सञ्चारकर्मीलाई सरल र सहजरूपमा रिपोर्टिङ गर्न मिल्नेगरी मिडिया सेन्टरको स्थापना गर्न लागिएको प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । मिडिया सेन्टर स्थापनाका लागि संसद् सचिवालयले चालू आर्थिक वर्षमा रु २० लाख छुट्याएको छ । यो रकमबाट सुविधासम्पन्न मिडिया सेन्टर स्थापना गर्ने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१