तीजको गीत ‘जाले रुमालैमा’

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
Jale Rumaima, Teej Songs_Fotor

यमुना अधिकारी र सुजना थापाले यस वर्ष ‘जाले रुमालैमा’ तीजको गीत लिएर आएका छन्। युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो।

गीतमा आरती खड्का र गणेश अधिकारीले स्वर भरेका छन्। मोहन बिकले लय मिलाएको गीतको दल थापा घर्ती र कृष्ण सौरागले शब्द रचना गरेका हुन्।

सिर्जना बरालले निर्देशन गरेको भिडियोमा करन चैसिरको छायांकन छ। प्रदीप दाहालले गीतको सम्पादन गरेका हुन्। गीतमा करिष्मा ढकाल, जेम्स बिक, सुजन कोइराला र शिक्षा अर्यालको फिचरिङ रहेको छ।

योग्सना डिजिटल म्यूजिक प्रालिले भिडियो सहित उक्त गीत प्रस्तुत गरेको हो। गीत हर्टबिट नेपालको युट्युबमार्फत बजारमा आएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width