हिमाल पारीको जिल्ला मनाङबाट नवजात शिशु र १९ वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत् उद्दार गरिएको छ। नेपाली सेनाको हेलिकोप्टरले मनाङको चामे गाउँपालिका–३ कोतोमा बस्दै आएका नवजात शिशु र सुत्केरी महिलालाई उद्दार गरिएको हो।
मनाङ जिल्ला अस्पतालमा नववजात शिशुको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत् उद्दार गरिएको जिल्ला अस्पताल मनाङले जनाएको छ। रोल्पाको सुनछहारी गाउँपालिकाकी प्रमिशा बुढा मगरले जन्माएको नवजात शिशुलाई हेलीकप्टरबाट उद्दार गरिएको हो। १९ वर्षीय बुढा मगर मनाङमा यार्सागुम्वा टिप्न गएको बताइएको छ। ती युवतीले बच्चाको नावी आँफैले काटेर धागोले बाँधेपछि नावीमा संक्रमणको जोखिम भएको अस्पतालले जनाएको छ। उनी स्वास्थ्यकर्मीको सहयोग बिना आफ्नै डेरामा उनी सुत्केरी भएकी थिइन्। समय नपुग्दै जन्मिएको बच्चाले केहि पनि नखाएपछि शरीरमा ग्लुकोजको कमी भई जोखिम बढेको र उक्त शिशुको उपचार जिल्लामा सम्भव नभएपछि शनिवार अन्यत्र पठाईएको डा. अधिकारीले बताए।
उनले गर्भवती भएको २९ हप्तामा जन्माएको शिशु गम्भीर विरामी परेपछि नेपाली सेनाको हेलिकोप्टर ले उद्धार गरी पोखरा लगिएको मनाङ जिल्ला अस्पतालका डा. सन्तोष अधिकारीले बताए। उनका अनुसार गम्भीर समस्या भएको नवजात शिशुलाई प्राथमिक उपचार पछि थप उपचारको लागि पोखरा पठाइएको हो।
शिशु जन्मिएको २४ घण्टासम्म पनि बच्चाले दूध खान नसकेपछि १७ गते जिल्ला अस्पतालमा पुराएकी हुन्। सो बाहेक बच्चाले आमाको दूध खान नसकेपछि महिलाले पाउडर दूध खुवाएको र पछि त्यो पनि खान छोडेपछि मात्रै अस्पताल पुर्याइएको अस्पतालको भनाई छ। बच्चा र आमालाई शनिबार विहान ९ बजेतिर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आमा र शिशुलाई उद्धार गरिएको मनाङका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताए। उनका अनुसार बच्चाको स्वास्थ्य उपचार जिल्लामा सम्भव नभएको स्वास्थ्यकर्मीले बताएपछि हेलिकोप्टरमार्फत् उद्दार गरी पठाइएको हो।
डा. अधिकारी नवजात विरामी र आमासंगै पोखरा पुगेका छन्। उनले बच्चाको स्वास्थ्य अवस्थामा सुधार भएको जानकारी दिएका छन्।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गापाले सार्वजनिक गर् यो वर्षभरीका उपलब्धि
पेमा धेछेन्लिङ गुम्बामा प्रवचन
एकातिर खोला, अर्कैतिर पुल
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१