पोखरा, १८ साउन । सिद्धार्थ बैंकले पोखराको सराङ्कोट स्थित लब्ली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व सँगसँगै सरकारले ल्याएको एक कर्मचारी एक फलफुलकाबोट रोपण राष्ट्रिय विभूति सहिद पार्क मेत्लाङमा सिद्धार्थ बैंकले शुक्रबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
पोखरा शाखाका शाखा प्रबन्धक सुरज कुमार जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाअध्यक्ष रणबहादुर थापा, अतिथिको रुपमा गण्डकी प्रदेशका एनजीओ फेडरेजनका उपाध्यक्ष गोपाल खड्का, त्यसैगरी पूर्व जनप्रतिनिधि एवम समाजसेवी शिव प्रशाद कोइराला रहेका थिए ।
गण्डकी प्रदेश अन्तर्गत पर्ने शाखाका शाखा प्रमुख लगाएत बैंकका कर्मचारीहरुको संलग्नतामा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा फलफुलका विरुवाहरु १०० वटा रोपिएको थियो । बृक्षारोपण कार्यक्रममा पस्याङ्ग शाखाका प्रबन्धक अनिरुद्र बरालले सञ्चालन गरेका थिए । बैंकले एक कर्मचारी एक रुख रोपण अभियानका साथमा देशैभर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । बैंकले आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरु गर्दै जाने बताएको छ ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१