एएसबीसीका खेलाडीको बिदाइ

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
ASBC, Championship Nepali Boxer_Fotor

कुवेतमा आयोजना हुने एएसबीसी स्कूल ब्वाईज बक्सिङ च्याम्पियनसीपमा सहभागी नेपाली खेलाडीको सोमवार बिदाइ गरिएको छ। खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष राम अवाले लगायतले एक कार्यक्रमबीच बिदाइ गरेका हुन्।

च्याम्पियनसीपमा नेपालका छिरिङ वाङ्गदी शेर्पाले समेत प्रतिस्पर्धा गर्ने भएका छन्। अगष्ट १ देखि ९ सम्म संचालन हुने च्याम्पियनसीपमा छिरिङले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गनेर्छन्। च्याम्पियनसीपका लागि छिरिङ विगत १ महिनाबाट तयारीमा छन्।

च्याम्पियनसीपका लागि छिरिङसँगै प्रशिक्षक रामचन्द्र थापा मगर र टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य समेत रहेका स्कूल बक्सिङ समितिका संयोजक पुस्करराज वन्त कुवेत जाँदैछन्।

Related News

सम्बन्धित समाचार

hero news full width