पोखरा, १० साउन । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित संचालन गरिएको पन्ध्र दिने सीपमुलक व्यवसायिक तालिम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ पोखरा, गण्डकी तथा पोखरा वुमेन हेन्डीक्राफ्ट डेभ्लबमेन्ट सेन्टरको संयुक्त आयोजनामा संचालन गरिएको उक्त तालिमको समापन विहीवार एक कार्यक्रमका बीच डिष्ट्रिक ३२५ बी १ नेपालका डाइनामिक डिष्ट्रिक गर्भनर लायन इन्दु लम्सालको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै लम्सालले विशेष गरेर पिछ्डिएको क्षेत्रका दिदीबहिनी तथा युवालाई लक्षित गरेर कार्यक्रम दिने योजना डिष्ट्रिकले राखेको जानकारी दिए । उनले सहभागीबाट बनाइएका सामानहरु अत्ति नै उत्कृष्ट रहेको भन्दै संयुक्त रुपमा उद्योग संचालन गर्न चाहे लायन्स क्लबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लायन्सले गर्ने गतिविधिलाई नबुझ्ने समूहबाट नकरात्मक आक्षेप आउने गरेको भन्दै यस्ता संस्थाले राज्यलाई जनताको सेवा गर्नतर्फ उन्मुख गराउन एउटा मार्गदर्शकको भूमिका खेलेको उनले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा, गण्डकी २०१९/२० का अध्यक्ष लायन हीरा भट्टराईले ‘राईज टु इम्पावर’को नारालाई आत्मसाथ गर्दै गृहेणी महिला एवं युवाका निम्ति संचालन गरिएको यस तालिम उपलब्धिमूलक रहेको बताए ।
उनले तालिममा प्रशिक्षार्थीहरुले समय थप गर्नुपर्ने माग राखेको कारण पन्ध्र दिनको तालिमलाई पच्चीस दिनको तालिम संचालन गरेको जानकारी दिए । सोही अवसरमा वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले स्वरोजगार सम्बन्धि यस्ता कार्यक्रमलाई वडाले सदैव सहयोग गर्न तयार रहेको बताए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१