सफ्ट टेनिसलाई कोर्ट हस्तान्तरण

एजेन्सी
श्रावण ७, २०७६
soft tennis courts_Fotor

राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश कुमार सिलवालले ललितपुरको सातदोवाटोमा नव–निर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरेका छन्।

सदस्य सचिव सिलवालले सोमवार त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नव–निर्मित कोर्ट हस्तान्तरण गरेका हुन्।

आफ्नै कोर्ट नभएका कारण विभिन्न स्थानमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आएको संघले अब आफ्नै कोर्टमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width