पोखरा, २३ असार । लायन्स क्लब अफ पोखरा मिड टाउनले महिलालाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा तालिम प्रदान गरेको छ ।
क्लबले ‘डिप्लोमा इन कम्प्युटर एप्लिकेसन’ कोर्षको तालिम प्रदान गरेको हो । ग्लोबल आइटी एजुकेसन अमरसिंहचोकमा सञ्चालित तालिम ३ महिनासम्म चल्ने जानकारी क्लबका सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिए ।
‘तालिममा सहभागीको सम्पूर्ण शुल्क क्लबले व्यहोर्छ,’ उनले भने, ‘तालिमबाट गरिब तथा विपन्न वर्गका महिलाहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले कम्प्युटर शिक्षा लिएर स्वरोजगार बन्न तालिममा सहभागीलाई आग्रह गरे । विधाता हस्तकला प्रशिक्षण केन्द्रका सञ्चालक सबिता श्रेष्ठ रञ्जितले प्राविधिक शिक्षाको महत्व धेरै रहेको बताइन् ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१