पूर्व मेयर गुरुङको सम्मान

एजेन्सी
असार १९, २०७६
krishnana_Fotor

साविक पोखरा उपमहानगर पालिकाका प्रमुख हर्कबहादुर गुरुङको बुधवार सम्झना गरिएको छ।

पोखरा–७ एयरपोर्ट स्थित हर्कचोकमा रहेको उनको सालिकमा पुष्पमाला अर्पण तथा लामागुरुद्वारा शान्तिपूजा गरी नगरप्रमुख स्व गुरुङ प्रति श्रद्धाञ्जली गरिएको थियो। पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ, बाह्रवीसे पैंकीलामा परिवार लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले उनको स्मरण गर्दै पुष्पार्पण गरेका थिए।

वि.स. २०६१ सालमा असार १८ गते विहान ११.०० वजे नगरपालिका कार्यालयतर्फ जान लागेका गुरुङलाई पोखरा–७ एयरपोर्ट स्थित उनकै घर अगाडि नेकपा (माओवादी ) का कार्यकर्ताले गोलीहानी हत्या गरेका थिए।

नेपाल सरकारले वि.स. २०७३ मा उनलाई शहीद घोषणा गरेको थियो। स्व. गुरुङ वाह्रविसे पैंकीलामा परिवारको संस्थापक, राप्रपा कास्कीको कोषाध्यक्ष समेत रहेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width