खेताघरका बलराम अधिकारीले जान्ने हुँदादेखि नै गोरु पालेर खेतीपाती गरे। गोठमा गोरु हुनेहरुलेकै खेतबारीमा छिटो अन्न उब्जिन्थ्यो। गोरुको ठूलो महत्व थियो, उनले जान्दाखेरि। उमेरले ५४ नाघिसकेका बलरामले अहिले गोरु बेचिदिए तर खेती गर्न चाहीँ छोडेका छैनन्। उनले समय सुहाउँदो आधुनिक प्रविधि हातेट्याक्टर (आधुनिक हलो) किनेका छन्। पालिरहेको हलगोरु १३ हजारमा बेचेर समूहमार्फत ट्याक्टर किनेका हुन्। ‘घरमा गोरु हुनेको कत्रो ठूलो सम्मान हुन्थ्यो। गोरु नभै खेती हुँदैनथ्यो। मेला पर्म लगाएर खेती गरिन्थ्यो, ’ उनले भने, ‘अहिले गोरु पाल्ने पाउनै मुस्किल छ। गोरु पाल्नेलाई हेला गर्न थाले। मेला पर्म पनि खासै चल्दैन। धेरैले आफ्नै मेसो गर्न थाले। ’ मेला पर्म गर्ने मान्छे नपाएपछि उनले यही हिउँदमा गोरु बेचेर डिजेल खाने हलो किने।
अहिलेसम्म खेति किसानी चलेकै यसरी नै हो। अहिले गोरु पाल्ने मान्छे छैनन्।
बलराममात्रै होइन, आडैका कृष्णप्रसाद अधिकारीले पनि गोरु पाल्न छोडे। परेलीले गोरु बेचेपछि आफूले पनि बेचेर आधुनिक कृषि हलो भित्र्याएको उनी सुनाउँछन्। ‘हुनेले हलगोरु पाल्थे। नसक्नेहरु चाहीँ परेली (खेताला साटासाट) वा खेतालो हिडेर अर्म पर्म गर्ने चलन थियो, ’ उनी सम्झन्छन्, ‘अहिलेसम्म खेती किसानी चलेकै यसरी नै हो। अहिले गोरु पाल्ने मान्छे छैनन्। फेरि जमाना अनुसार पनि चल्नै पर्यो। ’ ठूला ट्याक्टर लगाउन नमिल्ने ठाउँका खेतीयोग्य जमिन बाँझै हुन थालेपछि किसान हलो जोडिएको सानो ट्याक्टरमा आकर्षित हुन थालेका हुन्।
पहिले २ परिवारबीचमा परेली हुन्थ्यो। अहिले पदमराज अधिकारी, बालकृष्ण ढुंगाना र रामचन्द्र ढुंगाना सहित ५ जना किसान मिलेर आधुनिक कृषि हलो ल्याए। पालैपालो आफ्नो मेला पर्म सक्छन् र छिमेकीलाई पनि सघाउँछन्, उनीहरु। गाउँलेले उनीहरुलाई ५ पाण्डव कृषिक दाजुभाइरुपमा चिन्छन्। तर आधुनिक खेती प्रणालीले गोरु नै लोप हुने चिन्ता पनि उनीहरुलाई उत्तिकै छ। ‘आधुनिक हलो सजिलो छ। खर्च कम, काम गर्न पनि छिटो, ’ उनीहरु भन्छन्, ‘तर हाम्रो परम्परा त गोरु हो। गोरु नै हराउला भन्ने चिन्ता छ। ’
गोरुले जोतेर २ दिनमा नसकिने मेलो एकै दिनमा सकिने भएकोले पनि साना गरा भएका टारी–टुकुरामाआधुनिक हलो उत्तम मानिन्छ। बाँझो जोत्न र रोपाइँमा सहजै मेलो छिचोल्छ। ‘५ लिटर तेलभए दिनभरलाई चल्छ। घाँस काट्ने झन्झट पनि हट्यो। मन लागेका बेला झिक्यो, चलायो। निकै सजिलो छ, ’ स्थानीय किसान इन्द्रप्रसाद ढुंगाना भन्छन्, ‘पहाडी भेगमा यो मेसिन साह्रै जाति हुन्छ। ’ हलो बिग्रिँदा चाहीँ समस्या हुने उनले बताए। प्राविधिक ज्ञान लिएर प्रयोग गर्नुपर्ने उनको सुझाव छ।
कृषिमा आधुनिकीकरण भित्र्याउन पोखरा महानगरले पनि किसानलाई अनुदानमा आधुनिक हलो वितरण गरिरहेको छ। यो वर्षमात्रै ५० प्रतिशत अनुदानमा ६५ हाते ट्याक्टर वितरण गरिएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। ‘सजिलो भएपछि किसानको काम निकै बढेको छ। भौगोलिक अवस्था हेर्दा हाते ट्याक्टरको उपयोग राम्रो छ, ’ उनले भने, ‘सरकार कृषिमा आधुनिकीकरणको अभियान चलाइरहेको छ। किसानलाई व्यावसायिक बनाउन आधुनिक मेसिनहरु उपलब्ध हुनुपर्छ। ’ आगामी वर्ष पनि माग आधारमा हलो उपलब्ध गराउने कार्यक्रम रहेको उनले बताए।
पछिल्लो समय लेखनाथका किसान सामूहिक खेतीमा आकर्षित हुन थालेका छन्। आवश्यक पर्दा गोरु उपलब्ध नहुने र व्यावसायिकरुपमा खेती गर्ने किसानका लागि हाते ट्याक्टर उपयोगी हुने उनको भनाइ छ। आधुनिक कृषि हलोलाई ५० हजारदेखि १ लाखसम्म पर्छ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१