भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ। यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन्।
उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण २६ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए । यस आँधीको कारण १६ ओटा घर नराम्ररी क्षतिग्रस्त भएको बताइएको छ। उनले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी दिए।
आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ। स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार लाख दिने घोषणा गरेको छ।
आँधीबाट ठूलो सङ्ख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन्। आँधी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१