फेडेरर र नाडाल भिड्दै

एजेन्सी
जेठ २४, २०७६
BN-RV318_NADALF_P_20170127113232

यस वर्षको दोस्रो ग्रान्डसलाम फ्रेन्च ओपनको सेमिफाइनलमा स्वीट्जरल्यान्डका रोजर फेडेरर र स्पेनका राफेल नाडाल भिड्दैछन्। शुक्रबार हुने सेमिफाइनल भिडन्तमा यी दुईबीच प्रेन्च ओपन टेनिसमा ८ वर्षपछि आमने–सामने हुन लागेका हुन्।

पछिल्लो पटक २०११ मा नाडालले फेडेररलाई पराजित गरेका थिए। यस प्रतियोगितामा यी दुईबीचको यो दोस्रो भेट समेत हो। फेडेरर ६ वर्षपछि सेमिफाइनलमा पुग्न सफल हुँदा नाडालले १२ औं पटक सेमिफाइनलमा स्थान बनाए। २००९ च्याम्पियन फेडेररले २०१५ का च्याम्पियन स्वीट्जरल्यान्डका स्टेन वावरिन्कालाई ७–६, ४–६, ७–६ र ६–४ ले पराजित गरेका थिए।

उनले यो खेल आफ्नो पक्षमा पार्न ३ घन्टा ३५ मिनेट प्रतिष्पर्धा गरेका थिए। २० ग्रान्डसलाम जितिसकेका फेडेररले वावंरिन्काविरुद्ध करिअरमा २३ जित निकाल्न सफल भए। वावरिन्काले अहिलेसम्म ३ पटक फेडेररलाई पाखा लगाएका छन्।

वरीयताको दोस्रो नम्बरमा रहेका नाडालले भने केई निशिकोरीलाई ६–१, ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। क्ले कोर्टका बादशाहले परिचित रहेको नाडालले निशिकोरीलाई पेरिसलमा लगातार पाँचौ पटक पराजित गरे। नाडालले १ घन्टा ५१ मिनेटमानै खेल आफ्नो पक्षमा पारेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width