छात्रालाई रजस्वलाबारे सचेतना

एजेन्सी
जेठ ३, २०७६
menstural sanitary pad

ताराकुञ्ज सेकेन्डरी स्कूलले कक्षा ६ देखि १० सम्मका छात्राहरुको निम्ति रजस्वला (महिनावारी) सम्बन्धी सचेतना कार्यक्रम गरेको छ।

कार्यक्रममा छात्राहरुमा महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, आउने समस्या र समाधानका उपायहरुका बारेमा जानकारी गराउँदै समाजमा रहेका मान्यता र आफूले अपनाउनुपर्ने सावधानीका बारे सचेत गराइयो। विद्यालयको प्रावि संयोजक रेखा गुरुङ त्रिपाठीले संयोजन गरेको सो कार्यक्रममा एमबीबीएस अध्ययनरत भूपू विद्यार्थी गरिमा बराल र भूपू विद्यार्थी सृजिता गुरुङले सहजीकरण गरेका थिए।

छात्राहरुले समाजमा रहेको पुरानो संस्कार र मान्यताका कारण लाज मान्ने प्रवृत्ति भए पनि यस्ता कार्यक्रमले आफ्ना कुरा खुलेर राख्न सकिने र हिच्किचाउने बानी पनि हट्ने बताए।

कार्यक्रममा विद्यालय प्राचार्य नरेश तिमिल्सिना, सहप्राचार्य गोविन्द गौतम, प्रशासनिक निर्देशक विष्णु तिमिल्सिना र प्रावि संयोजक रेखा गुरुङ त्रिपाठीले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width