‘निर्जीव’ लाई गण्डकी वाङ्मय पुरस्कार

आदर्श समाज सम्वाददाता
जेठ २, २०७६
Gandaki Sahitya Puraskar

पोखरा, २ जेठ । प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’लाई ०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ ।

गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा कृष्णराज अधिकारीले उक्त कुराको जानकारी दिएका हुन् । डा अधिकारीका अनुसार जेठ ८ गते गोकुल जयन्तिका दिन ‘निर्जीव’लाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ ।

संगमको हालै मात्र सम्पन बैठकले ‘निर्जीव’लाई उक्त पुरस्कार दिने निर्णय गरेको थियो । संगमका सदस्य कल्पना चिलुवालको संयोजकत्वमा रामराज रेग्मी र खुमलाल पौडेल सदस्य रहेको प्रतिभा छनौट समितिले यस पटकको उक्त पुरस्कार ‘निर्जीव’लाई प्रदान गर्ने सिफारिस गरेको थियो ।

२०४९ मा जनस्तरबाट स्थापना गरिएको गण्डकी साहित्य सङ्गमले ०५२ देखि राष्ट्रिय तहमा ३० हजार राशीको गोकुल वाङ््मय पुरस्कार र क्षेत्रीय तहमा १५ हजार राशीको गण्डकी वाङ्मय पुरस्कार एक÷एक वर्ष विराएर प्रदान गर्दै आएको छ ।

समाजवादी यथार्थवाद, सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशी तथा देशभक्त साहित्यिक धारमा साधना गर्ने स्रष्टालाई सङ्गमले गोकुल वाङ्मय र गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको डा अधिकारीले बताए ।

२००३ मा लमजुङको अलैचेमा जन्मिएका साहित्यकार ‘निर्जीव’का कविता, निवन्ध, आत्मकथा, उपन्यास, गीत–कविता र बालकाव्य संग्रह गरी दर्जन भन्दा बढि कृतिहरु प्रकाशित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै